Logo

सुरक्षा/अपराध

भागरथी प्रकरणका आरोपितलाई म्याद थप 



बैतडी दोगडाकेदार गाउँपालिका-७ की किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ । भागरथी अध्ययनरत विद्यालयमै कक्षा ११ मा अध्ययनरत भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत, बैतडीमा लगेर आरोपी भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ । दिउँसो २ बजेका लागि पत्रकारहरुलाई बोलाइएको छ ।

यसअघि २१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो ।

दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार ती व्यक्तिले विद्यालयबाट फर्कंदा भागरथीको हत्या गरेका स्विकारिसकेका छन् । उनी भागरथीका छिमेकी र नातेदार पनि हुन् । मध्यान्‍न १२ बजे पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी भएको डीएसपी अधिकारीले जानकारी दिए ।

‘पक्राउ परेका किशोरले अपराध स्वीकारेका छन् । घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । त्यो रिसिबीका बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिने वताईएको छ । 

 

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  १ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।