Logo

पत्रपत्रिका

ओलीलाई प्रचण्डले भनेः ‘एउटा पद त छाड्नुस्’



नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच अब बिहीबार छलफल हुन्छ र हुन्न भन्ने टुंगो पनि छैन।

आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो।

‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दाहाल दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ। फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ।’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए।

‘तपाईंले केही पनि छोड्दिनँ भनेर कहाँ छुट पाउनुहुन्छ, एउटा पद स्वेच्छाले त्याग्नुस्, दुवै त्याग्नुपर्छ भनेका छैनौं। प्रधानमन्त्री पद त्याग्नुस्। सहमतिमा निकास दिनुहोस्’, दाहालले छलफलमा ओलीलाई भनेको उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीले पनि पार्टी बैठक राखेरै बहुमतको निर्णय गरेर देखाउन चुनौती दिनुभएछ। त्यसपछि हिजोअस्ति बनेको छलफलको वातावरण झन् बिथोलिएछ।’

ओलीले २०७६ मंसिर ४ कै सहमतिभन्दा अगाडि जान नसकिने बटमलाइन दाहाललाई सुनाए। त्यसबेला नेकपा सचिवालयमा दाहाललाई दल पार्टी र ओलीलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन दिने गरी दुई अध्यक्षको कार्यविभाजनमा सहमति बनेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ०७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।