सिन्धुपाल्चोकको बार्हबिसे नगरपालिकामा बुधबार राति गएको पहिरोमा परि ज्यान गुमाएका २ जनाको शव फेला परेको छ ।
पहिरोमा परेका २३ जनाको अवस्था अहिलेसम्म अज्ञात छ । पहिरोमा परि ज्यान गुमाउनेमा जम्बु निवासी निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार खाँदखोला र जम्बुमा गरेर २३ जना सम्पर्क बिहिन छन् । जसमध्ये जम्बुका १९ र खाँदखोलाका ४ जना अहिलेसम्म सम्पर्क बिहिन छन् ।
प्रतिकुल मौसम तथा भौगोलिक अवस्थाका बाबजुद घटनास्थलमा प्रहरी पुगीसकेको तथा उद्दारको काम समेत सुरु भै सकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।





















प्रतिक्रिया