सिन्धुपाल्चोकमा बुधबार अविरल वर्षासँगै आएको पहिरोमा परि घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौ ल्याइएको छ । पहिरोले सिंगो गाउँ नै क्षतिग्रस्त बनेको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार बार्हबिसे नगरपालिकाकाको जम्बुमा गएको पहिरोना परेर बेपत्ता भएका १८ जनाको खोजी जारी छ ।
अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको र उद्दार जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ । पहिरोमा परि ज्यान गुमाएका २ जनाको शव फेला परेको तथा मृत्यु हुने बाबु छोरी रहेको समेत जनाइएको छ ।
यसैबीच बाढीबाट भएको क्षतिको अवलोकन गर्न संघीय संसदको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बार्हबिसे पुगेका छन् ।
बिहीबार बिहानै बार्हबिसे जाने प्रयासमा रहेका सापकोटा खराब मौसमका कारण धुलिखेलबाटै फर्किएपनि दोस्रो पटकको प्रयासमा सिन्धुपाल्चोक पुगेका हुन् ।





















प्रतिक्रिया