Logo

प्रमुख समाचार

१०८ कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज



पछिल्ला दिनमा देशमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ। आज १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ८ सय ९१ घर फर्केका छन् । पूर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू रहेका छन् भने पछिल्लो २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।