Logo

अर्थ

शेयर बजारमा सकारात्मक माहोल



सोमबार शेयर बजार अन्त्यमा हरियो भएर बन्द भएको छ । कारोबार समयमा केहि समयसम्म उतार–चढावमा रहेको शेयर बजार अन्तिम समयमा सकारात्मक भएर बन्द भएको हो । नेप्से सूचक सोमबार २.१२ अंकले बढेर १३४२.४० विन्दुमा आइपुगेको छ ।

आज १८४ कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर किनबेच भएको छ । कुल १२ उपसमूहको कारोबार भएकामा ८ उपसमूहका सूचक माथि लागेका छन् । ५ वटा कम्पनीको भाउ १०५ ले बढेको छ । खरिदबिक्रीमा प्रभु बैंक संस्थापक सबैभन्दा धेरै छ । यसको १० करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा पुनर्बिमा कम्पनी रहेको छ ।

शेयर बजार सकारात्मक हुनुको कारण यतिबेला वित्तीय प्रणालीमा प्रचुर मात्रामा लगानीयोग्य रकम तरलता रहेको छ । तरलता सहज हुँदा लगानीकर्तालाई सजिलो भएको छ । बैंकहरुले सहजै सेयर कर्जा दिने वातावरण बनेको छ । कर्जाको ब्याजदर पनि क्रमशः घट्दैछ । नयाँ आर्थिक वर्षसँगै तरलता थप सहज हुने अपेक्षा छ । यसैले लगानी कर्ताहरु शेयरबजारमा सक्रिय रुपमा लागेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।