देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हाल संक्रमित रहेकाहरुको संख्या ६ हजार ६१३ रहेको उनले बताए । गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर १० हजार २ सय ९४ जना घर फर्केका छन् । पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया