Logo

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो



जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ । डा. केसीकै चाहाना अनुरुप डा केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई सोमबार समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

डा. केसीको चाहना अनुसार नै उहाँको स्वास्थ्य अवस्थालाइ ध्यानमा राखेर नै काठमान्डौ पठाइएको उहाँले जानकारी दिनुभयो । पन्ध्रौ सत्याग्रहमा जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए काठमाडौं पुगेपछि पनि सत्याग्रह जारी राख्ने डा। केसी एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ३७ बजे