Logo

अर्थ

बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग



आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ ।

उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको हो ।

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल ब¨लादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।