अनलाइएन कक्षा पढ्ने विद्यार्थीका लागि एनसेलले विशेष खालको डाटा प्याकेज ल्याएको छ ।
एनसेलले माध्यमिक विद्यालहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) अन्तर्गतका विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर ल्याएको हो ।
अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी‚ शिक्षकरशिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्नका लागि ल्याइएको योजनामा भ्वाइस‚ डेटा र बन्डलसहितको एसएमएस सेवा लिन सकिने एनसेलले बताएको छ।
एनसेल र हिसानबीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी भएपछि एनसेलले यस्तो योजना ल्याएको हो।
यो योजनाअन्तर्गत विद्यार्थीले २५० ९करबाहेक० रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजीरफोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउनेछन्। यसैगरी मासिक ३५० रूपैयाँ (करबाहेक)को योजना पनि उपलब्ध छ।





















प्रतिक्रिया