Logo

अर्थ

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानी सम्झौता



मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्सका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।