Logo

अटो

कोरोना भाइरस कारण जापनिज कम्पनी टोयोटाको नाफामा कमी आउने



कोरोना भाइरस कारण जापानको चचिर्त टोयेटा कम्पनीको गतवर्षको तुलनामा भारी मात्रामा नाफामा गिरावट आउने भएको छ ।
महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत ६ .९२ अर्ब अमेरिकी डलर ले कमी आउने कम्पनीले जनाएको छ ।

टोयोटाले भनेको छ, कम्पनीको खुद नाफा अघिल्लो वर्षको पहिलो त्रैमासिक (अप्रिल–जुन) को तुलनामा यो वर्षको सोही अवधिमा ७४.३ प्रतिशतले कमी आउँदा कम्पनीलाई एक अर्ब ५० करोड अमेरिकी डलर घाटा भएको छ। कम्पनीले जनाएकोृ छ ।

जापानको आइची प्रान्तमा रहेको कार तथा अन्य सवारी साधन निर्माण कम्पनी टोयोटाले कम्पनीको परिचालन नाफामा ९८.१ प्रतिशत अर्थात् एक अर्ब ३१ करोड अमेरिकी डलरले गिरावट आएको बताएको छ।

यो तथ्याङ्क कम्पनीको चालु आर्थिक वर्षमा भएको ४३ अर्ब ४१ करोड बराबरको विक्रीमा आधारित रहेको कम्पनीले बताएको छ।

लोकप्रिय प्रायस हाइब्रिड र कोरोला मोडेलका सवारी साधनमा कम्पनीको अन्तर्राष्ट्रिय बजारमा पहिलो त्रैमासिकमा भएको कारोबारमा ३१।८ प्रतिशतले कमी आउँदा कम्पनीलाई ठूलो घाटा भएको बताइएको छ।

आफ्ना उत्पादन विक्रीमा चिनियाँ बजारमा सुधार आइसकेको पनि कम्पनीले जनाएको छ।

कम्पनीले मेमा गरेको प्रक्षेपणमा उत्पादनहरूको वार्षिक विक्री लक्ष्यलाई ८९ लाखबाट ९१ लाखमा पुर्‍याउने उल्लेख गरिएको थियो।
कोरोना महामारीका कारण कार उत्पन्नमै कमी आएको र कम्पनीले ठुलो क्षति बेहोर्नु परेको जनाएको छ ।

 एजेन्सिकाे सहयाेगमा

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार ०७:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।