Logo

अन्तर्राष्ट्रिय

रुसले तयारको पारेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन नै अन्तिम भ्याक्सिन हो ?



होइन । रुसले तयार पारेको मात्र भ्याक्सिन कोरोना भाइरस विरुद्धको भ्याक्सिन अन्तिम भ्याक्सिन नभएको बैज्ञानिकहरुले बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले   काेराेना भाइरसकाे भ्याक्सिन नै  निकै प्रभावकारी हुने  उनकाे  दाबी छ ।

तर, बैज्ञानिकहरूले भने  यस  भ्याक्सिन नै अन्तिम  नभएकाे बताएका  छन् । अहिले पत्ता लगाएकाे भ्याक्सिन तेस्राे परिक्षणमै रहेकाले यस बारेमा अझै समय लाग्न सक्ने बताएका  छन् । त्यस्तै  िवश्वस्वाथ्य संगठनले पनि  यस काेराेना भ्याक्सिनबारेमा कुनै मान्यता दिएकाे  छैन् ।

यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।

यो भ्याक्सिनलाई रुसके स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ ।

यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।

तर भ्याक्सिन बनाउने होडबाजीमा लागेको रुस पहिलो देश भने होइन ।

सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।

अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।

ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ ।

एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कम्पनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।

स्रोतः बीबीसी

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।