Logo

प्रमुख समाचार

पर्सामा ६ चिकित्सक सहित १५३ जनामा कोरोना संक्रमण पुष्टि



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।  फ्रन्ट लाइनमा रहेका चिकित्सक, सुरक्षाकर्मी लगायत सर्वसधारणहरु कोरोना भाइरसका सिकार बनिरहेका छन् ।

पछिल्लो समय पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार साँझ गरिएको परिक्षणमा ६ चिकित्सक सहित १५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।  यो सँगै पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।