Logo

प्रमुख समाचार

थप ६८१जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो नेपालमा संक्रमितको संख्या २८ऽ९३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेशवर गाैतमले जनाएको छ ।

त्यस्तै बुधबार थप १२० जना उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १७,७००जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप ६ कोरोना संक्रमितको मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक पुरुष छन्। त्यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक एक महिलाको मृत्यु भएको छ। याे सँगै मृत्यु हुनेकाे स‌ख्या १२० पुगेकाे छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।