कोरोना भाइरस महामारीका कारण वीरगन्जमा थप एक महिलाको निधन भएको छ वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका छन् । उनको गएराति नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा निधन भएको हो ।





















प्रतिक्रिया