नारायणी अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।




















प्रतिक्रिया