Logo

प्रमुख समाचार

थप चार जनाको कोरोनाका कारण मृत्यु



कोरोना भाइरस महामारीका कारण थप चार जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लामा गरि चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुष,ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराटनगर मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।