Logo

प्रमुख समाचार

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



वीरगन्जमा बाराका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति बाराको कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या,थाइराइड र उच्च रक्तचापको विरामी भएको अस्पतालले जनाएको छ । उनलाई भाद्र २ गते अस्पताल भर्ना गरेको र उनको स्वाब परिक्षण गर्दा कोरोना संक्रमणल पुष्टि भएको थियो ।

त्यस्तै ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।