सेतोलाई
माथिकाले दिउँसै
कालो बनाएको हल्लाले
शहर र गाउँ
गनाएको छ ।
आफ्नैहरू आफ्नैसँग
निवस्त्र भएकाले
सर्वत्र शिर निहुरिएको छ
………………………………
न गाउँ
न शहर
वारि र झारीमा
बलात्कारको निसानीले
दिनडाहाडै
छोरी बुहारीको
असुरक्षा मौलाएको छ ।
………………………………
शहरभित्र
सम्धिको सल्लाह
साला,भेना ,भाइ,छोरा,भतिजा
अनि नाता र सम्बन्ध भित्रकाले
कोभिड-१९ भित्रै
अवसर पाएको
अनि
खुलेआम दुनियाँदारलाई
खजनाको सपनाले
डामेको छ ।
………………………………
नागरिकहरूको घरघरमा
उज्यालोको रङ्ग
टिकाउने कुलमानले
दलिन छेउमा
उभिन मात्रै भएपनि
ठाउँ पाउने
हो कि रुभन्ने
हल्ला चलेको छ ।
………………………………
कोभिड-१९ को
यो महामारीमा
आफूले जोखिम मोलेर
अरूको जीवन बचाउने
विचरा ! ती डाक्टर र नर्सहरूलाई
स्व आवासबाट गलहत्याएको
समाचाले सर्वत्र चर्चै चर्चा पाएको छ।
………………………………
हैट,
ठुला र सानाको
चेपोमा पर्ने
तपाईं र हामीलाई
कोभिड-१९ को
संक्रमणबाट आफैं जोगिन
घरबाहिर हिड्दा
मास्क ,सेनिटाइजर र साबुनपानीले
घण्टाघण्टामा मिचिमिचि हात धुन
घरभित्रै बसेर
परिवारसगँ घुलमिल हुदै
दिन बिताउन पनि
हम्मेहम्मे परेको छ
………………………………















प्रतिक्रिया