धरानमा कोरोना भाइरस संक्रमणबाट आमा छोराको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा भर्ना भएका आमाको बिहान ८ :३० र छोराको ७ :४५ बजे मृत्यु भएको जनाइएको छ ।
चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो ।




















प्रतिक्रिया