नेपालमा पछिल्लो २४ घण्टामा एक बालिका सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका,गोर्खाकी ६२ वर्षीया महिला र रुपन्देहीका ६८ वर्षीय एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै झापाका ८६ वर्षीय पुरुष,रौतहटका ४० वर्षीय पुरुष चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ ।




















प्रतिक्रिया