केन्द्रीय कारागारमा रहेका तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।मृतक कैदी मध्ये एक जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्। उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।




















प्रतिक्रिया