Logo

प्रमुख समाचार

वीरगन्जमा ९७ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गयो



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बाराका ९७ वर्षीय वृद्धका वीरगन्जमा निधन भएको छ । बुधबार बिहान बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मुटुका रोगी रहेका ती वृद्धमा निमोनिया भएपछि भदौ १२ गते वीरगन्जकै तराई अस्पतालमा भर्ना गरिएको थियो।कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भदौ १४ गते गण्डक अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

उनको वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसीयूमा उपचारको क्रममा आज विहान ज्यान गएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।