Logo

प्रमुख समाचार

उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयर फोरमको प्रशासनलाई सुझाव



काठमाडौं उपत्यकाका मेयरहरुले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उपत्याकामा १५ दिन कर्फ्यू लगाउन माग गरेका छन् । बुधबार उपत्यका नगरपालिका मेयर फोरमको भर्चुअल बैठक बसेर कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएका हुन् ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई भर्चुअल बैठक आदेश जारी गर्न सुझाव दिएको जानकारी दिएका छन् । उनले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोरोना नियनत्रणमा लिन सकिने जनाएका छन् ।

अहिले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको फोरमको सुझाव छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने निस्कर्ष फोरमले निकालेको छ । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ सचेत रहेको फोरमले जनाएको छ ।

त्यसका लागि आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध गराउने तयारी गरिएको छ । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज मध्यरात देखि सकिँदै छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।