पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
मुलक भर कुल संक्रमित मध्ये १८०१३ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहिबार थप ९१७ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म २४२०७ जनाले कोरोना जितेका छन् ।




















प्रतिक्रिया