Logo

अर्थ

सुनकाे मूल्यमा सामान्य गिरावट : हेर्नुहोस तोलामा कति पुग्यो?



सुनको भाउ यो महिनामा मात्रै तोलामा ५ हजार ७ सय रुपैयाँ बढेको छ । साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । आज हिजोको भाउमा तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो महिना सुनको भाउले दैनिक जस्तै रेकर्ड बनायो । रेकर्ड बनाउने क्रममा सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुग्यो । तर गएको आइतबारदेखि बुधबारसम्म ओरालो लागेको सुनको भाउ बिहीबार र शुक्रबार भने फेरि उकालो लाग्यो । शुक्रबारको भाउमा आज भने फेरि सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित हुँदा भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी यो महिना तोलामा ३ सय २० रुपैयाँ बढेको छ । साउन १ गते तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि यो महिना रेकर्ड बनाउँदै तोलाको एक हजार ४ सय ३५ रुपैयाँसम्म पुग्यो ।

गएको मंगलबार अहिलेसम्मकै महँगो तोलाको एक हजार ४ सय ३५ रुपैयाँ पुगेको चाँदीको भाउ बुधबार एकैदिन तोलामा २ सय २५ रुपैयाँ घट्यो । तर बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको भाउ आज भने तोलामा चाँदी ३० घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।