Logo

डा गोविन्द केसीलाई काठमाडौं ल्याइयो



जुम्लामा अनसनरत डा गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो । 

पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय लिएको बताएका छन् । काठमाडौं आएपछि पनि त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह जारी राख्ने केसीले बताएका छन् । 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।