Logo

अर्थ

कोरोना कोषमा सिटिजन्स बैंकले दियो २० लाख १५ हजार बढी रकम



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ।

बैंकले यसअघि पनि प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले ४९ लाख रुपैयाँ विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरी हालसम्म कुल ६१ लाख रुपैयाँ को सहयोग गरिसकेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय १० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदैं आएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।