कृषि विकास बैक र ई—सेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकको नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।
सोही सम्झौता पत्रमा कृषि विकास बैकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र ई—सेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषि विकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताएका छन ।
कार्यक्रममा कृषि विकास बैक डिजिटल बैकिङ्ग विभागका विभागीयप्रमुख बाशुु अधिकारीले कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्झौता गरेको बताए।





















प्रतिक्रिया