Logo

अर्थ

सुनको मूल्यमा गिरावट, एकै दिन १६ सयले घट्यो



विहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । सुनको मूल्य विहिबार एकै दिन तोलामा १६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला १६ सयले घटेपछि ९८ हजार ८ सयमा कारोबार भइरहेको  छ । यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ११:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।