विहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । सुनको मूल्य विहिबार एकै दिन तोलामा १६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज प्रतितोला १६ सयले घटेपछि ९८ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।





















प्रतिक्रिया