Logo

अर्थ

मिर्मिरे र नागबेली लघुवित्तको एकिकृत कारोबार भदौ ७ गते



मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी दुवैको एकिकृत कारोबार भदौ ७ गतेदेखि गर्ने भएको छ ।

नागबेलीको प्राप्तिपछि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । यी दुई ओटा कम्पनीको असार २० गतेको साधारणसभाबाट पारीत र नेपाल राष्ट्र बैंकबाट साउन २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएको पाएको थियो ।

कारोबार दिन कम्पनीको सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

यस अघि कम्पनीले स्वेडा लघुवित्तलाई पनि प्राप्ति गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ५४ लाख रहेको छ । नागबेली लघुवित्तलाई प्राप्तिपछि कम्पनीको पूँजी रू.४० करोड ६७ लाख पुगेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।