Logo

अर्थ

सुनको मूल्यमा लगातार गिरावट, हेर्नुस् आजको बजार मूल्य



नेपाली बजार पछिल्लो समयमा सुनको भाउ निरन्तर घट्न थालेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ९७ हजार ९ सयमा कोरोबार भएको प्रतितोला सुनको मूल्य आज ९७ हजार २ सयमा झरेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि घटेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।