Logo

अर्थ

नेप्सेको उकालो यात्रा, आजपनि ९ अंकले बढ्यो



पछिल्ला दिनहरुमा क्रमशः उकालो लागिरहेको सेयर बजार आजपनि ९ अंकले बढेको छ । आज नेप्से सूचक ९.३४ अंकले बढेर १४४०.९४ विन्दुमा आइपुगेको रोकिएको हो । दिनभर १८९ कम्पनीको १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये म्युचुअल फन्ड, ड्रेडिङ र उत्पादन तथा प्रशोधन समूहका सूचक घटेका छन् भने बाँकी सबै माथितिरै लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १५१.७३ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक १.९२ अंकले माथि लागेको छ । नेपाल पुनर्बिमा कम्पनीको भाउ सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ । यता, समृद्धि फाइनान्सको भाउ सबैभन्दा धेरै ६.५४ प्रतिशत ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा सूर्या लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।