निषेधाज्ञाकै बीचपनि सेयर बजार पछिल्ला केही दिनमा उत्साहजनक देखिएको छ । बुधवार पनि नेप्से परिसुचक २१ दशमलव १० अंकले बढेर बन्द भएको छ । दिनभर कारोबारमा आएका १ सय ८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७ सय ३० रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै ५८ लाख ८२ हजार १ सय १ कित्ता सेयर बिक्रि भएको छ ।
आज नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने, समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
आज ट्रेडिङ र लाईफ इन्स्योरेन्स बाहेकका सबै समुहहरु बढेका छन् ।
नेपाल पूर्नबिमा कम्पनीले आज पनि रकमको आधारमा अधिपत्य कायमै राखेको छ । आज पुर्नबिमा कम्पनीको ३४ करोड ९२ लाख ५४ हजार ८ सय २३ रुपैयाँ बराबरको कारोबार गरेको छ ।


















प्रतिक्रिया