Logo

अर्थ

एभरेष्ट बैंक र सी.डी.एल.बीच सम्झौता, आरटी पीसीआरमा १० प्रतिशत छुट



एभरेष्ट बैंक र कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल)बीच आरटी पीसीआर परीक्षणको लागि लागि सम्झौता भएको छ ।
कोरोना प्रकोपको कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ ।
सम्झौता अनुसार एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड—१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप—ईबीएल टच २४० प्रयोग गरेर पनि कोभिड—१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सी.डी.एल बीचको सहकार्य कार्यक्रममा बैंकका नायब–महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।