कोरोना संक्रमणबाट एकै दिन आमाछोराको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका छोराको आइतबार बिहान मृत्यु भएको हो । दुबैजनाको आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आमाछोराको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए । मृतक दुवैजनामा मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।





















प्रतिक्रिया