Logo

अर्थ

आजपनि बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजारमूल्य



नेपाली बजारमा सुनको मूल्य पुनः बढ्दो देखिएको छ । आज सुनचाँदी (दुवै) को भाउ बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला थियो ।
यसैगरी चाँदीको भाउ एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ। आइतबार १३४० मा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।