Logo

अर्थ

समाज लघुवित्तको प्राथमिक सेयरमा ७० हजारले मात्र १० कित्ताको दरले पाय, ५ लाख बढीको हात खाली



समाज लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयरमा आवदेन ८ हजार ७० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् संस्थाले आज गरेको बाँडफाँडमा ५ लाख ३९ हजार ३ सय जनाको हात भने खाली भएको छ।
संस्थाको प्राथमिक सेयरमा ५ लाख ७० हजार ३७० वटा योग्य आवदेन परेको थियो। आवेदन दिनेमध्ये ५५८ जनाको आवदेन रद्द भएको छ। योग्य आवेदकबाट एक करोड १४ लाख कित्ताको लागि आवदेन परेको हो ।
सोमबार भएको बाँडफाँटमा कर्मचारीले एक हजार कित्ता र म्युचुअल फन्डले ४ हजार ३ सय कित्ता पाएका छन्।
संस्थाले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणको लागि प्राथमिक सेयर जारी गरेको थियो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।