Logo

कर्पोरेट फोकस

नेप्सेमा दिनभर उतारचढाव



नेप्से उतारचढावका बीच बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १२.५६ अंकले बढ्दै २५९९.०७ विन्दुमा पुगेको छ । यस दिन बजार शुरूदेखि नै उतारचढावमै रहेको थियो । नेप्सेमा प्राविधिक समस्या देखिएपछि नेपाल इन्फ्राइन्स्टक्चर बैंक (निफ्रा) को कारोबार नै प्रभावित भएको थियो ।

केही समयपछि नेप्सेले प्राविधिक समस्या समाधान भएको जनाउँदै निफ्राको शेयर कारोबार पुनः सञ्चालनमा ल्याएको थियो । दिनभर बजार उतारचढावमा रहँदा बुधवार कुल २ सय ४ कम्पनीको शेयर कारोबार भएको छ । यी कम्पनीहरूको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँमा खरिदबिक्री भएका थिए । 

यसदिन जलविद्युत र अन्य समूहको शेयर कारोबारमा गिरावट आउँदा अन्य सबै समूहको सूचकमा वृद्धि भएको छ । यस दिन आइएमई जेनेरल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको छ । लिमिटेडको शेयर मूल्य १ हजार १ सय रुपैयाँ पुगेको छ । 

यस्तै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य पनि बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । ९.९७ प्रतिशतले बढ्दा लिमिटेडको शेयर मूल्य ३ सय ५३ पुगेको छ । 

यस्तै बुधवार चन्द्रागिरी हिल्सको पनि शेयर मूल्य सकारात्मक लेभलमा पुगेको छ । यस दिन सबैभन्दा बढी निफ्राका लगानीकर्ताले गुमाएका छन् । यस बैंकको शेयर मूल्य ५.३९ प्रतिशतले घट्दै ५ सय ६२ रुपैयाँमा पुगेको छ  ।

कारोबारका आधारमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । यस बैंकले ५८ करोड २५ लाख ७५ हजार ८ सय २९ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

यस्तै केही समय कारोबार रोकिएपनि निफ्राको शेयर सबैभन्दा धेरै कारोबार हुनेमध्ये दोस्रो नम्बरमा रहेको छ । यस बैंकको ५५ करोड ९९ लाख २९ हजार ५ सय ५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 
 

प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार  ४ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।