प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते बुधबार सफल मिर्गौला प्रत्यारोपण भएसंगै नकारात्मक हल्लासमेत नियोजितरुपमा फैलाउने काम भएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षाकृतरुपमा सुधार हुँदै जाँदा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले उनलाई डिस्चार्ज गर्ने सम्बन्धमा छलफल गरिरहँदा केही मिडियाले भने नियोजित रुपमै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा भएको घाउमा ‘संक्रमणको आशंका’ भन्ने झुठो समाचार ‘कान्तिपुर’ दैनिकले…