अहिले नेकपाभित्र राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषय ज्यादै नै पेचिलो बनेको छ । सचिवालयल बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सुझाव प्रधानमन्त्रीलाई दिएको छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्ने तयारीमा छन् । नेकपा स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने बताउँछन् ।
नेता थापाले आफ्नो पार्टीले अहिले पनि संक्रमणकालिन अवस्था भोगिरहेको सुनाउँदै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्किएपछि एकताको काम र सरकारको काम पनि प्रभावकारी ढंगले अघि बढ्ने विश्वास दिलाए ।
उनले भने, ‘अहिले पार्टी र सरकारमा देखिएको गत्यावरोध नियतवश होईन् ।’ उनले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने पार्टीको निर्णय भए पनि के गर्ने ? भन्ने विषय मन्त्रिपरिषद र राष्ट्रपतिको हातमा निर्भर रहेको सुनाए । उनले भने,‘यो विषय क्याबिनेट र राष्ट्रपतिको विषय हो । त्यही भएर यसको बल राष्ट्रपति र मन्त्रिपरिषदको कोर्टमा छ ।’
राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि वर्तमान अर्थमन्त्री को मनोनित हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘व्यक्तिको कुरामा जानुभन्दा पनि पार्टीले यो विषयमा निर्णय गरिसकेको छ । त्यो निर्णय स्विकार गर्नुपर्छ । तर, बल चाहीँ क्याविनेट र राष्ट्रपतिको कोर्टमा छ ।’ अभियान टाइम्सबाट





















प्रतिक्रिया