काठमाडौं । बीवाईडी नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखराको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएर आगामी फागुन १७ सम्म चल्ने अटो शोमा बीवाईडीले सहभागिता जनाएको हो । अटो शोमा बीवाईडीले डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन…