काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी नियमका कारण अटोमोबाइल व्यवसायमा परेको प्रभावबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको ध्यानाकर्षण गराएको छ। नाइमाको प्रतिनिधिमण्डलले बिहीबार मन्त्री साहसँग भेट गरी एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाबारे छलफल गरेको हो। नाइमाका अनुसार नियममा ‘वस्तु’को…