Logo

उद्योग

त्रिपुरेश्वरका चार फर्मलाई जरिवाना



काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न चार कम्पनीलाई कारबाही गरेको छ। जसमा काठमाडौंको त्रिपुरेश्वरस्थित दि एभरेष्ट क्याफे, रामेछाप खेलाडी खाना तथा भोजनालय, चित्लाङ खेलाडी खाजा घर र यू डब्लूटीसी पाउ भण्डारलाई कारबाही गरेको हो।

कारबाही स्वरुप एभरेष्ट क्याफेलाई ७ हजार र अरु तीन फर्मलाई ५ हजार रुपैयाँका दरले जरिवाना गरेको विभागले जनाएको छ। विभागले ललितपुरका तीन वटा पेट्रोल पम्पलाई पत्र काटेको छ।

विभागले एकान्तकुनास्थित जावाखेल पेट्रोल पम्प रगायत्री देवी आयल स्टोर तथा पुल्चोकस्थित यल फ्यूल सेन्टरलाई व्यवसायसम्बन्धी प्रमाणपत्र र असार १ गतेदेखि हालसम्मको खरिद विक्री बिलसहित जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित भएपछि विभागमा हाजिर हुन निर्देशन दिएको हो।

विभागले पुल्चोकस्थित डल्ले रेष्टुरेन्टसँग व्यवसायसँग सम्बन्धित सक्कल दर्ता प्रमाणपत्र, प्यान, मेनुको प्रतिलिपि, कर चुक्ता खरिद बिल लगायत कागजात मागेको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार २१:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।