काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो । राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत विनियोजित बजेटबाट मात्रै भएकाले अब हुने…