काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सभा संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका चिफ फाईन्यान्स अफिसर प्रमेश राज कायस्थको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
सो सभामा कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, र मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ ।
साथै कम्पनीले गत वर्षहरुको संचित मुनाफा तथा आ.व. २०८०/८१ को वितरण योग्य मुनाफा बाट आषाढ मसान्त २०८१ मा कायम रहेको चुक्ता पुँजीको ५.२६प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा दिदैँ आइरहेको छ ।
साथै यस कम्पनीले सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका सम्पुर्ण शाखाहरुमार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।




















प्रतिक्रिया