Logo

अर्थ

सुदूरपश्चिमको बजेट बहुमतले पारित



धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १४:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।