काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.२६ गुणाले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २२ करोड ६१ लाख रुपैयाँ…